बजेटको विरोधमा इतिहासमै पहिलो पटक सडकमा ओर्लिए उद्योगी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 01:23:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सिमित उद्योगलाई पोस्ने नीति लिएको भन्दै उद्योगीहरु सडकमा ओर्लिएका छन् । जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट विभेदकारी रहेको भन्दै स्टिल उद्योगीहरु आन्दोलित भएका हुन् । 

उनीहरुले आज बिहिबार भैरहवामा प्रदर्शन नै गरेका छन् । भैरहवामै उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

विद्युतको खपत बढाउने, रोजगारी बढाउने र ४० अर्बको व्यापार घाटा कम गराउने दाबी गर्दै अर्थमन्त्री शर्माले गत भदौमा प्रतिस्थापन बजेटमार्फत स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिने नीति लिएका थिए । सोही नीतिलाई आगामी आर्थिक वर्षको बजेटमा पनि निरन्तरता दिएपछि उद्योगीहरु आन्दोलित भएका हुन् । 

उनीहरुले सिमित उद्योगीहरुलाई पोस्ने गरी कायम गरिएको विभेदकारी भन्सार दर र अन्तःशुल्क खारेज गर्न माग गरेका छन् । आन्दोलित उद्योगीहरुले फलामे छड तथा वायर्समा तयारी बस्तुमा मात्रै अन्तःशुल्क लगाउन माग गरेका छन् । 

सिमित उद्योगीको दलाली बन्द गर्न माग गर्दै उनीहरुले मजदूरलाई गरिखाने वातावरण बनाउन आग्रह गरेका छन् । 

बजेटको विरोधमा उद्योगीहरु सडकमा ओर्लिएको इतिहासमा यो नै पहिलो पटक हो । 

सेनेटरी प्याड उत्पादन गर्ने उद्योगीहरु पनि आन्दोलनको तयारीमा छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved