एमालेको उद्योग विभागले भन्यो, ‘इतिहासकै खराब बजेट आयो, उद्योगीहरु सडकमा आउनुपर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 06:24:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालले उद्योगी व्यवसायीका काम कानुन सम्मत हुँदाहुँदै पनि रोकिए त्यस्ता निकायलाई देशद्रोही र भ्रष्ट घोषणा गर्ने चेतावनी दिएको छ ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागका प्रमुख मोतिलाल दुगडले बिना कारण निजी क्षेत्रका काम रोकिए काम रोक्ने निकायलाई देशद्रोही र भ्रष्ट घोषणा गर्ने चेतावनी दिएका हुन् । उनले निजी क्षेत्रका काम रोकिए के कारणले रोकिएको हो भनेर उद्योगी व्यवसायीलाई जानकारी गराउनु पर्ने बताए ।

उनले नेपालको इतिहासमै खराब बजेट आएको भन्दै उद्योगीहरु सडकमा उत्रिनु परेको पनि बताए ।

‘नेपालको इतिहासमा नै उद्योगीहरु आन्दोलनमा आएका थिएनन्, तर आगामी वर्षको बजेट आएपछि उद्योगीहरु आन्दोलमा उत्रिनुपर्यो’ दुगडले भने, ‘उद्योगी मैत्री बजेट नआउँदा हामीहरु सडकमा आउनुपर्यो ।’

दुगडले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा स्वयम्ले नै बजेट गलत आएको स्वीकार्दै सुधार गर्ने प्रतिवद्धता जनाएपनि उद्योगी व्यवसायीहरु विश्वस्त हुन नसकेको बताए ।

‘केही उद्योगीलाई मात्रै फाइदा हुने गरी बजेट ल्याएर सरकार नै देशको उद्योग बन्द गराउने पक्षमा देखियो’ दुगडले थपे, ‘हामी आन्दोलमा उत्रिएका उद्योगीहरूको पक्षमा छौं ।’

स्वदेशमा सेनेनिटरी प्याडको उत्पादन नै बन्द गराउन सरकारले विदेशी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिएको उनको आरोप छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved