चौधरी ग्रुपको स्पष्टिकरण, ‘बजेट निर्माणमा हाम्रो कुनै भूमीका छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 01:56:55 PM मा प्रकाशित

चौधरी ग्रुपले बजेट निर्माणकामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणमा आफूलाई जोडेर आएका समाचार र सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको चौधरी ग्रुपले जनाएको छ ।

चौधरी समूहका निर्देशक निर्वाण चौधरीले फेसबुकमार्फत आगामी आर्थिक वर्षको बजेट निर्माण प्रकृयामा आफ्नो समूहको कुनै चासो र सरोकार नरहेको दाबी गरेका छन् । 

‘बजेट निर्माण मामिलामा हाम्रो संलग्नताबारे बिनाआधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरुप्रति हामी खेद व्यक्त गर्दछौँ’ चोधरीले लेखेका छन्, ‘उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । यसबारे छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौँ, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारवाही भोग्न तयार हुनेछन् भन्ने अपेक्षा लिएका छौँ ।’

नेटा भी विद्युतीय गाडी (१ सय वाटभन्दा कम क्षमता) कर छुटको मापदण्डमा पार्न र चाउचाउ उद्योगले पनि वनस्पति तेल सोझै आयत गर्न पाउने बजेट बनाउन चौधरी समूहको हात रहेको भन्दै आलोचना भईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved