आगामी बजेटका लागि राष्ट्रिय योजना आयोगले स्थानीय तह र प्रदेशसँग माग्यो कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2022 | 09:10:09 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेश सरकार र स्थानीय तहसँग कार्यक्रम माग गरेको छ । आयोगले प्रदेश सरकार र स्थानीय तहमा आ.व. २०८०/८१ का लागि सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत सञ्चालन गरिने आयोजना कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।

आयोगले समपूरक अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ र विशेष अनुदान सम्बन्धी (तेस्रो संशोधन) कार्यविधि, २०७७ मा व्यवस्था भए बमोजिम प्रदेश र स्थानीय तहबाट आ.व. २०८०/८१ मा सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना / कार्यक्रमहरूका लागि प्रस्ताव सहित विवरण तयार गरी २०७९ पौष मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको यस सम्बन्धी विद्युतीय (अनलाइन) प्रणालीमार्फत मात्र माग गर्न सबै प्रदेश तथा स्थानीय तहको जानकारीका लागि सूचना प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रस्ताव पेस गर्दा प्रदेशको हकमा सम्बन्धित मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट र स्थानीय तहको हकमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट पेस गर्नुपर्नेछ । आयोजना प्रस्ताव सम्बन्धी सर्त, आवश्यक कागजात, सूचना तथा फाइलहरू आयोगको वेबसाइट www.npc.gov.np मा उपलब्ध छन् । यस सम्बन्धी थप जानकारी आवश्यक भएमा कार्यालय समयमा आयोगको टेलिफोन नं.: ०१-४२११०२३, ०१-४२११०३४ र इमेल मार्फत ( [email protected]) मा सम्पर्क गर्न सकिनेछ ।

आयोजना तथा कार्यक्रम प्रस्ताव अनलाइन प्रणालीमा प्रविष्ट गर्न सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहका लागि लग इन गर्ने विवरणहरू आयोगबाट यस अगाडि नै उपलब्ध गराइसकिएको आयोगले जनाएको छ । यस सम्बन्धी वेबसाइट www.csgrants.gov.np मा गई समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव पेस गर्ने लिङ्क खोली विवरण भरी पठाउनुपर्ने आयोगले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved