अर्थमन्त्रीले सरकारको खर्च र राजश्व लक्ष्य पनि घटाए, कुन कति कायम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 04:00:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक वर्षको बजेट घटाएको छ । बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोडमा सिमित गरेका हुन् ।

गत जेठ १५ गते संसदमा १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट प्रस्तुत भएको थियो । यसअनुसार अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटेको हो ।

उनले राजश्व लक्ष्य पनि घटाएका छन् ।

हेर्नुस् संशोधित बजेटका आँकडा: 

 -चालु आर्थिक वर्षमा रू.१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख खर्च हुने अनुमान गरिएकोमा रू.१५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाख खर्च हुने संशोधित अनुमान गरिएको छ। यो रकम सुरु विनियोजनको ८६.४१ प्रतिशत हो ।

-चालुतर्फ रू.१० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख अर्थात विनियोजनको ८६.३७ प्रतिशत, पुँजीगततर्फ रू.३ खर्ब १३ अर्ब ८५ करोड १६ लाख अर्थात विनियोजनको ८२.५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू.२ खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात विनियोजनको ९३.०५ प्रतिशत खर्च हुने अनुमान छ ।

-चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट ( राजस्व र आन्तरिक ऋण) रू.१३ खर्ब ४१ अर्ब, वैदेशिक अनुदानतर्फ रू.३८ अर्ब ४५ करोड ८३ लाख र वैदेशिक ऋणतर्फ रू.१ खर्ब ७० अर्ब ५३ करोड ९४ लाख खर्च हुने संशोधित अनुमान रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved