ओलीको भिजनलाई ‘हावादारी’ नभन्न सांसद भट्टचनको सुझाव, देखाए २ खर्ब आम्दानीको स्रोत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 12:40:38 PM मा प्रकाशित

laxmi sunrise bank

सांसद तथा व्यवसायी देवी भट्टचनले नयाँ योजना भिजन भएका नेताले ल्याउने भएकाले यस्तो योजना भिजन नभएकालाई ‘हावादारी’ लाग्नु स्वभाविक भएको बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे संसदमा बोल्दै सांसद भट्टचनले यस्तो बताएका हुन् । 

२५८६ वर्ष अगाडी फर्किएर हेर्दा आज विश्वले सिद्दार्थ गौतमवुद्द भनेर जयजयकार गर्ने गौतम वुद्दको भिजन पनि धेरैको लागि ‘हावादारी’ हुन सक्ने भएकाले भिजन नभएकाले भिजन राखेर ल्याइएका योजनालाई ‘हावादारी’ नभन्न र नठान्न भट्टचनले सुझाव समेत दिएका छन् । 

एमाले अध्यक्ष केपी ओलीले ल्याएको पानी जहाजको योजनाले नेपाललाई वार्षिक २ खर्ब  विदेशी मुद्रा आम्दानी हुने बताउँदै यस प्रकारका दीर्घकालिन फाइदा हुने आयोजनालाई निरन्तरता दिनसमेत भट्टचनले सुझाव दिएका छन् । यद्दपी, उनले संसदमा बोल्ने क्रममा ओलीको नाम भने उल्लेख नगरी भिजन भएका नेताका रुपमा प्रस्तुत गरेका थिए। 

पानी जहाजको परियोजनासँग सम्बन्धित बिधेयकलाई संशोधनका लागि अगाडी बढाएर त्यसलाई कार्यन्वयन गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनको सुझाव छ । 

यो कुनै एउटा राजनीतिक दल वा व्यक्तिले लाभ लिने नभई सिंगो राष्ट्रलाई नै वार्षिक २ खर्ब विदेशी मुद्रा आर्जन हुने र हजारौंको संख्यामा रोजगारी पनि बढ्ने परियोजना भएकाले यस्तो परियोजनाले निरन्तरता पाउनुपर्ने उनको भनाई छ । कलकत्ताको बन्दरगाहबाट मलेसिया, सिंगापुर र दुबईमा ढुवानी सेवा दिन सकिने र यसले नेपाललाई वार्षिक २ अर्ब बिदेशी मुद्रा आर्जन हुने उनले हिसाब नै सुनाए ।

त्यस्तै नेपाल अल्प विकसित देशबाट विकसित मुलूकको सुचीमा स्तरोन्नतिको क्रममा रहेकाले राष्ट्रिय गौरवको आयोजनाको निरन्तरता समेत अति आवश्यक भएको उनले संसदमा बोलेका छन्। गोदावरीवाट बुढानिलकण्ठ, थानकोटबाट भक्तपुर जोड्ने मेट्रो रेल, थानकोट चित्लाङ्ग सुरुङ मार्ग, रोल्पाको शे फोक्सुन्डो,  मुगुको राराताल, मुस्ताङ र चित्लाङ्गमा होटल तथा पर्यटन सेवा दिन तारा गाउँ विकास समिति जस्ता परियोजनालाई निरन्तरता दिनुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाई छ। 

त्यस्तै अहिले पनि नेपालका १३ वटा जिल्लामा हवाई सुविधा नभएकाले त्यहाँको जनतालाई उपचार तथा आकस्मिक सेवा दिन कठिनाई भएकाले यी जिल्लामा सेवा दिन जान चाहनेको लागि प्रकृया सहज बनाइदिन समेत सांसद भट्टचनले आग्रह गरे । यी १३ वटा जिल्ला जानलाई गृह मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण, सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा प्रशासन सबैको अनुमति र उपस्थिती आवश्यक हुँदा आकस्मिक सेवा प्रभावित भएकाले यसको प्रक्रियागत झन्झट हटाउन समेत उनले सुझाव दिएका छन् । 

त्यस्तै ढोरपाटन एकीकृत योजना, उत्तरगङ्गा आयोजनालाई निरन्तरता दिन पनि उनले सुझाव दिए। 

त्यस्तै समानुपातिक विज्ञापन प्रणालीमा अनलाइन मिडियालाई पनि समावेश गर्न उनले सुझाव दिएका छन् । सार्वजनिक प्रकृतिका सूचनाहरु एक पटक राष्ट्रिय स्तरका दैनिक पत्रिका र एक पटक अनलाइन मिडियामा अनिवार्य रुपमा प्रकाशित गर्नुपर्ने व्यवस्था गरिनुपर्ने उनको सुझाव छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved