बढ्यो खैनी चुरोट र रक्सिको मुल्य, वियर पनि महंगियो, भोलीदेखि नै बढेको मुल्य लागू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 09:15:09 PM मा प्रकाशित

सरकारले विगतको वर्षहरुमा झैं यस पटक पनि  खैनी चुरोट तथा रक्सि र  वियरको मुल्य बढाएको छ। नेपाल सरकारले भोलिदेखि नै लागू हुनेगरि खैनी चुरोट तथा रक्सि र वियरको मुल्य बढाएको हो। 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसबारे आज संसदमा जानकारी गराएका हुन्। उनकाअनुसार बढेको मुल्य भोलि मङ्गलवारदेखि नै लागू हुनेछ ।आर्थिक वर्ष २०८०/८१ का लागि संसदमा प्रस्तुत बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो।

सरकारले वियरको अन्तशुल्क दुई सय २८ रुपैयाँबाट बढाएर दुई सय ३५ रुपैयाँ पुर्याएको छ। बढेको ७ रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)  जोड्दा वियरमा प्रति  ६५० मिलिलिटरमा  १० रुपैयाँ बढ्ने छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved