घरेलु महासंघका अध्यक्ष सिंह भन्छन्, ‘बजेट राम्रो आयो, अब मौद्रिक नीतिले सहयोग गरोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 09:20:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट साना उद्योगी व्यवसायी मैत्री देखिएको बताएका छन् । बिजपाटीसँग बजेटबारे संक्षिप्त कुराकानी गर्दै अध्यक्ष सिंहले बजेट सकारात्मक देखिएको र अब राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति बजेटलाई सहयोग गर्ने खालको आउनुपर्ने बताए । 

उनले कृषि र पर्यटनसहित लघु घरेलु उद्योगहरु प्रोत्साहन गर्ने नीति सरकारले लिएको र क्रमश औद्योगिक वातावरण बन्दै गएको सन्देश बजेटले दिन खोजेको बताए । दर्ता नवीकरणमा निकाय नै पिच्छे शुल्क तिर्नुपर्ने बाध्यता हट्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, स्टार्ट अपलाई प्रोत्साहन गर्ने, युवा उद्यमशीलता वर्ष घोषणा गर्ने, गाँजा खेतीको अध्ययन गर्ने, कपडाको झोलालाई प्रोत्साहन गर्ने, मेक इन नेपाल र मेड इन नेपाललाई प्रोत्साहन गर्ने कुरा स्वागतयोग्य भएको बताए ।

अध्यक्ष सिंहले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबैभन्दा बढी योगदान नै लघु घरेलु उद्योगहरुले गर्ने भएकाले आफूहरुले दिएका सुझावहरु अधिकांश समावेश भएको र अब कार्यान्वयन पक्ष सबल भइदिए हुन्थ्यो भन्ने आफूहरुको चाहना रहेको बताए ।

१ करोड सम्मको कारोबारको विवरण हरेक महिना बुझाउनुपर्नेमा अब चार चार महिनामा बुझाउँदा हुने नीति पनि साना उद्यमी व्यवसायी मैत्री नै देखिएको अध्यक्ष सिंह बताउँछन् । कृषिमा उत्पादन अनुदानको कुराले दुरुपयोग रोक्ने देखिएको उनी बताउँछन् ।

त्यस्तै, काभ्रेको औद्योगिक ग्रामलाई महिला उद्यमी औद्योगिक ग्रामका रुपमा विकास गरिने कुरा पनि महिला लघु घरेलु उद्यमीहरुका लागि प्रोत्साहन गर्ने खालको भएको उनको विश्वास । 

‘कार्यान्वयन राम्रो भइदिए हुन्थ्यो, अब राष्ट्र बैंकको मौद्रिक नीतिले कस्तो सहयोग गर्छ भन्ने हेर्न बाँकी छ’ अध्यक्ष सिंहले भने, ‘विगतमा दिइएको सहुलियतपूर्ण कर्जा र पुनरकर्जामा साना लघु घरेलु उद्यमीको पहुँच पुगेन, अब त्यसो नहोस् ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved