‘६ प्रतिशत आर्थिक वृद्धि हुने गरी राष्ट्र बैंकले कर्जा प्रवाह बढाउन सक्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 09:43:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निकै महत्वकांक्षी बजेट प्रस्तुत भएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदमा प्रस्तुत गरेको बजेट अहिलेको आर्थिक मन्दीको अवस्थामा निकै महत्वकांक्षी देखिएको उनको भनाई छ । 

वरिष्ठ उपाध्यक्ष अग्रवालले साढे १२ खर्ब रुपैयाँ राजस्व लक्ष्य अहिलेको अवस्थामा पूरा हुने नदेखिएको बताए । चालु आर्थिक वर्षमै लिइएको राजस्व लक्ष्य पूरा नभइरहेको अवस्थामा आगामी आर्थिक वर्षमा बजार माग झन संकुचनतर्फ जान्छ भन्ने आँकलन भइरहेका बेला आउँदो आर्थिक वर्षमा १२ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिनु ठिक नभएको उनको भनाई छ । 

त्यस्तै, बजेटको कार्यान्वयनसहित स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको वरिष्ठ उपाध्यक्ष अग्रवाल बताउँछन् । त्यसमाथि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पनि अहिलेको अवस्थामा असम्भव जस्तै रहेको उनको दाबी छ । 

‘६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रा स्फितिको लक्ष्य आफैँमा पूरा हुने लक्ष्य होइन, चालु आर्थिक वर्षमा राष्ट्र बैंकले १२.६ प्रतिशत क्रेडिट ग्रोथको लक्ष्य राख्दा त त्यो पूरा हुने देखिएको छैन, अहिले जम्मा ७ प्रतिशत जति छ, क्रेडिट ग्रोथमा संकुचन लगाइएको हुनाले त जीडीपी ग्रोथ २ प्रतिशतमा सिमित हुँदैछ नि’ उनले भने, ‘विगतमा ५ प्रतिशतको आर्थिक वृद्धि हुँदा कर्जा प्रवाह २२ प्रतिशतभन्दा बढीले भएको थियो, अब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राख्दा त्यो भन्दा बढी क्रेडिट ग्रोथ हुनुपर्छ, सेन्ट्रल बैंकले कसरी साथ दिन्छ ?’

उनले आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल नहुने परम्परा कायम रहे आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन निकै सकसपूर्ण हुने देखिएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved