मर्जर तथा प्रिमियमको करबारे बजेटले गरेको व्यवस्था दुर्भाग्यपूर्ण छ: अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 08:43:56 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर विश्लेषक अम्बिका प्रसाद पौडेलले बजेटमा दुर्भाग्यपूर्ण व्यवस्था आएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाश शरण महतबाट सोमबार प्रस्तुत भएको आर्थिक विधेयकका केहि विष्ट नबुझिकन भावनामा गरेको निर्णय जस्तो देखिएको पौडेलले बताएका हुन् ।

आर्थिक विधेयकमा प्रिमियममा एफपिओ जारी गरेका कम्पनीले प्रिमियम वापतको रकमलाई आय मानेर कर तिर्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तै मर्जर तथा प्राप्तिको बखत भएको बार्गेन पर्चेज गेनको रकमलाई पनि आय मानेर कर तिर्नु पर्ने व्यवस्था गरिएको छ । यी २ व्यवस्था दुर्भाग्यपूर्ण रहेको पौडेल बताउछन् ।

बैंकहरुको हकमा फुल अडिट भई निमायक निकाय नेपाल राष्ट्र बैंकले भने अनुसार सबै कर तिरिसकेको अवस्थामा यी व्यवस्था आउनु दुर्भाग्यपूर्ण रहेको र यसले निकास नदिने पौडेलको भनाई छ । पब्लिक कम्पनीको हकमा शेयरधनीहरु परिवर्तन भईरहने भएकोले अरु कसैको कारण सिर्जित दायित्व हाल कायम शेयरधनीमाथि हाल्नु उचित उनी बताउछन् ।

उनी प्रश्न गर्दै भन्छन् ' बैंक वित्तीय संस्थाहरुले कहाँ बाट ति व्यक्ति र संस्था खोज्ने होलान् जसले पहिले नै मर्जर एक्युजिसन, एफपिओबाट प्राप्त लाभ लिएर शेयर बेचेर निस्के ? अहिले जसको हातमा त्यो बेचिएको शेयर छ उसले के आधारले हिजो संस्था तथा स्वयम् सरकारले गरेको गल्तीको भार बोक्नु पर्ने? कसरी उसको अहिले आर्जित नाफाबाट आर्कोले तिर्नु पर्ने कर तिर्ने?'

बैंक तथा वित्तीय संस्थाको मर्जर र एक्युजिसन हुनु अघि र अहिले कायम शेयरधनी एउटै रहिरहेको भए त फरक नपर्ने उनको भनाई छ । तर जसले हाल तिर्नु पर्ने भनिएको कर नतिरी नाफा खाए र शेयर बेचे तिनीहरूबाट कसरी असुल गर्ने भन्दै उनी प्रश्न गर्छन्।

यसमा नेपाल राष्ट्र बैँकले के हेरी वितरण योग्य नाफा एकिन गर्यो, लेखापरीक्षकले के हेर्यो अनि कर कार्यालयले के हेरेर पूर्ण लेखापरीक्षण गर्यो भन्ने कुरा आकर्षित हुने अम्बिका पौडेलको भनाई छ ।

समाधानको पाटो र असर नहेरी लोकप्रियताको लागि गरिएका यस्ता निर्णयहरुले दीर्घकालीन रुपमा नै वित्तीय क्षेत्रमा प्रभाव पार्ने पौडेल बताउछन् । महालेखा प्रतिवेदनले अर्थ न बर्थको गलपासो पारेकोमा बजेट मार्फत त्यो गलपासो फुक्ने आसा गरिएको भए पनि बजेटले गलपासो फुकाउने भन्दा पनि झन् कसिदिएको उनको टिप्पणी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved