कटौतीको मारमा सुरुङमार्ग, कति छुट्टियो बजेट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 02:12:01 PM मा प्रकाशित

laxmi  sunrise bank

विगतका सरकारले सुरुङमार्गलाई विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरेको थियो । विसं २०७७ सालमा त बागमती प्रदेशले एक्लैले सुरुङमार्गका लागि ३५ अर्ब बजेट छुट्याएको थियो । 

२०७६ सालमा भौतिक पुर्वाधार मन्त्रालयले १२ वटा सुरुङ मार्ग बनाउने योजना नै अघि सारेको थियो । नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटी, बुटवल–पाल्पा खण्डको सिद्धबाबा, टोखा–छहरे सडकको गुर्जेभञ्ज्याङ, बुटवल–नारायणगढको दाउन्नेलगायत स्थानमा सुरुङमार्ग बनाउने योजना थियो । 

तर यसपाली केही ठाउँबाहेक बजेटलले सम्बोधन गरेन । यसका लागि सिमित बजेट छुटटिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आगामी आवको बजेटले मुख्य गरी नागढुंगा सुरुङमार्ग र टोखा–छहरेका लागि मात्रै बजेट छुट्याएका छन् । उनले सुरुङमार्गको बजेटमा भारी कटौती गरेका छन् ।

सुरुङमार्गका लागि यसपटक जम्मा ६ अर्ब १३ करोड मात्रै बजेट विनियोजन गरिएको छ । नागढुंगा सुरुङमार्ग आगामी आवमा सक्ने र त्यसका लागि ५ अर्ब १३ करोड विनियोजन गरेको अर्थमन्त्री डा महतले बताए । 

यसअघिका वर्षहरुमा साँढे ६ अर्बको हाराहारीमा यो मार्गलाई बजेट दिइँदै आइएको थियो । यस्तै टोखा–छहरे सुरुङ मार्गको विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अधययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन १ अर्ब बजेट छुट्याइएको उनले बताए । उक्त सुरुङमार्गको यसअघि नै सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ ।

यस्तै सिद्धबाबा सुरुङ मार्गको निर्माणको कार्यलाई तीब्रता दिने उल्लेख गरिए पनि बजेटको व्यवस्थापन गरिएको छैन । सरकारले  चालु आवमा सिद्धबाबा खण्डको सुरुङमार्ग, दुम्कीबास–बर्दघाट, कुलेखानी–भिमफेदी खुर्कोट–चियाबारी, मझिमटार–शक्तिखोर, ब्याउलीढुंगा–ईमिल्चाखोला, सुर्खेत रानीघाट–भुरीगाउँ सुरुङमार्गलाई सम्बोधन गरेको थियो ।

यस्तै काठमाडौं उपत्यकाका तीन भञ्ज्याङ्गतर्फ टोखा–छहरे, गोदावरी–पनौति र साँगा–बनेपा खण्डको सुरुङको सम्भाव्यता अध्ययनको विषय पनि चालु आवमा राखिएको थियो । नागढुंगा सुरुङमार्गको काम आगामी डेढ वर्ष भित्रमा सक्ने गरी अहिले काम भइरहेको छ । झण्डै ६० प्रतिशत पेमेन्टसहिको काम सकिएको छ भने मुख्य सुरुङ जोड्नलाई ६०० मिटर मात्रै बाँकी छ । आगामै दर्शैँमा सुरुङ जोडिसक्ने योजना नागढुंगा सुरुङमार्ग आयोजनाको छ । 

त्यसपछि सडक व्यवस्थित गर्ने काम हुन्छ । अहिले रात दिन लगाएर यहाँको निर्माणकार्य जारी छ । सरकराले सम्भव भएका आयोजना अघि बढाउने नीति लिएका कारण धेरै सुरुङ मार्ग कटौतीमा परेको हो । आर्थिक मन्दीका कारण बजेट कटौतीको माग सुरुङ मार्गमा पनि परेको छ । त्यसो त यसपाली भौतिक पूर्वाधारको क्षेत्रमा झण्डै ३० अर्ब बजेट कटौती गरी एक खर्ब ३१ अर्ब ३९ करोड मात्रै बजेट विनियोजन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved