अर्थमन्त्रीले भने 'सांसदलाई व्यक्तिगत रुपमा ५ करोड दिने होईन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 02:42:36 PM मा प्रकाशित

laxmi  sunrise bank
अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष मार्फत सांसदलाई व्यक्तिगत रुपमा पैसा नदिईने प्रष्ट पारेका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले सांसदहरुले लाई व्यक्तिगत रुपमा ५ करोड रुपैयाँ दिने नभई सांसदहरुले आयोजना मात्र सिफारिस गर्ने बताएका हुन् ।

उनले भने 'सांसदको भूमिका आयोजना सिफारिस गर्ने मात्र हो , सम्बन्धित मन्त्रालयले सो आयोजनाको ठेक्का लगाउछ, अधिकतम ५ वटा आयोजना सिफारिस हुन्छ, सांसदलाई व्यक्तिगत रुपमा पैसा दिने होइन'।
 
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै संघीय सांसदको निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम ब्युँत्याएका हुन्। प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा राखिएको छ।

'निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत संबोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु,' बजेटमा भनिएको छ । यस कार्यक्रम अन्तर्गत न्यूनतम १ करोडको आयोजना बनाउनुपर्ने मन्त्रीको भनाइ थियो । त्यस्ता आयोजनामा सडक, सिंचाइ, खानेपानी, शिक्षा, खेलकुद लगायतका आयोजना हुनुपर्ने व्यवस्था गरिएको अर्थमन्त्रीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved