
 2mb (1).gif)
अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो बजेट बक्तब्य वाचन गर्दा बजेटको केहि बुँदा पढ्न छुटेको बताएका छन्। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा टासिएर सिधै अर्को पेजमा पुगेकोले बजेटको केहि बुँदा पढ्न छुटेको बताएका हुन् ।
उनले आफुले भन्न खोजेको विषय नै छुटेको बताएका हुन् । उनले काठमाडौंमा रहेको बुढानिलकण्ठ स्कूलको मोडलमा सातै प्रदेशमा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने विषय पढ्न छुटेको बताएका हुन् ।
बजेटको बुँदा नम्बर २१० मा यसबारे उल्लेख छ । जसमा भनिएको छ 'काठमाडौंमा रहेको बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइनेछ।