व्यक्तिगत रुपमा कसैलाई लाभ पुग्ने गरी करका दर हेरफेर भएका छैनन् : अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2023 | 06:18:50 PM मा प्रकाशित

laxmi  sunrise bank

 अर्थमन्त्री डा. प्रकाशशरण महतले यसपालीको बजेटले राजश्व संकलनलाई विशेष जोड दिएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटका सम्बन्धमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री डा. महतले आगामी वर्ष उल्लेख्य मात्रामा राजश्व बढ्ने दाबी गरे । ‘उल्लेख्य मात्रामा राजश्व बढ्छ, हामी राजश्वको लक्ष्य हासिल गर्न सक्छौं।’, अर्थमन्त्री डा. महतले भने ।

नीतिगत लुपहोललाई प्रयोग गरेर अब कसैले पनि राजश्व छल्न नसक्ने उनको भनाई छ । उनले बजेटमार्फत राजश्वको दायरा फराकिलो बनाइएको साथै विगतमा कतिपय वस्तुमा भ्याट छुट दिइदै आएकोमा अब क्रमश भ्याट छुटको अवस्थाको अन्त्य गरिने पनि बताए । ‘भ्याट छुटको सुची बढ्दै गएको छ । यसरी छुट दिंदै जाने हो भने राजश्वको बेस नै कम हुँदै जान्छ ।’ उनले भने । 

अर्थमन्त्री महतले आफूले कसैको दबाब र प्रभावमा परेर बजेट नल्याएको प्रष्ट पार्दै  राजस्व नीति तर्जुमा गर्दा कुनै व्यक्ति र व्यावसायिक समूहलाई फाइदा पुग्ने गरी नगरएिको दाबी गरे ।  ‘व्यक्तिगत रुपमा कसैलाई लाभ पुग्ने गरी करका दर हेरफेर भएका छैनन् । त्यसमा कसैले शंका नगर्न आग्रह गर्दछु’, उनले भने । 

त्यस्तै सार्वजनिक ऋणको दायित्व बढ्दै गएकोमा सरकारले आन्तरिक ऋण कम लिने नीति लिएको उनले बताए । आन्तारिक ऋणमा उठाउँदा तरलताको अवस्था हेरेर मात्रै आन्तारिक ऋण उठाइने उनले प्रस्ट पारेर । त्यस्तै बजेट कार्यान्वनयमा सिग्नीफीकेन्ट देखाउन सके वैदेशिक ऋण र अनुदानमा पनि समस्या नहुने उनको भनाई छ । 

अर्थमन्त्री डा. महतले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च नियन्त्रण गर्ने स्पष्ट मार्गचित्रसहित बजेट ल्याइएको बताए । बजेट प्रणालीमा सुधार गरी विकास खर्चमा देखिएको समस्या हल गर्दै कार्यान्वयन प्रकृयालाई प्रभावकारी बनाउन लागि पर्ने उनको भनाई छ । 

बजेट कटौतीका नाममा अनिवार्य दायित्वका साधारण खर्च र सामाजिक सुरक्षाको दायित्वलाई कम गर्न नसकिने अर्थमन्त्री महतले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved