‘अर्थमन्त्री ज्यू, गाडी आयातमा यहाँको कति हात छ, लेफ्ट एण्ड राइट ह्याण्डको कति हात छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2023 | 04:34:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडीको करको दर हेरफेर र आयतमा अर्थमन्त्री डा प्रकाशशरण महतको हात रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले सूचना नदिई अनुमानका आधारमा कुनै व्यापारीले लगानी नगर्ने जिकिर गरे । 

“जसको भोलिपल्ट बजेट वक्तव्यबाट ट्याक्स बढ्दै छ, उसले ल्यायो कस्तो आकसिमक ?” उनले भने, “म थानकोटबाट जाँदै थिएँ, थानकोबाट आउँदै हुनुहुँदोरहेछ कलङ्कीमा भेट भयो, कस्तो अच्चम्म भने जस्तो हो ? यो बजेट दर र गाडीको पैठारी, त्यो आकस्मिकता हो ? भुलचुक हो यो ?” 

ओलीले संलग्नताको आशंका व्यक्त गर्दै थपे, “अर्थमन्त्री ज्यू, यहाँको कति हात छ, यहाँको लेफ्ट एण्ड राइट ह्याण्डको कति हात छ, त्यसका मातहतको कति हात छ, कहाँका इन्फुल्एन्सको कति हात छ ? यो कुराहरु विस्तारै प्रकट होला, यदी यी कुरामा करेक्सन गरिएन भने अर्थमन्त्री ज्यू तपाइँले भनेको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुनेवाला छैन ।” 

करका दर बढ्नेवाला छन्, त्यही बेला ११ सय गाडी आएको छ, त्यही आईटम जसमा कर बढ्छ, यो कसरी भयो भनेर उनले प्रश्न पनि गरे । जानकारी नदिइ अनुमानका भरमा लगानी गर्ने व्यापारीहरु जुवाडे नभएको पनि उनले बताए । “छक्का भन्योे पर्छ की पर्दैन हान्दियो, पञ्जा भनिदियो हानिदियो परे पर्छ नपरे पर्दैन, यस्तो होइन”, ओलीले भने,  “व्यापारीहरु यकिनका साथ लगानी गर्छन् । पारी गाडी ल्याएर राखिएका हुन्छन् । वारी छिराउने बेलामा कस्तो हुन्छ भन्ने हो । भोलि करका दर बढ्दैछ भने अघिल्लो दिन छिराउँछन् घट्दैछ भने पारी नै राख्छन् । घटेपछि स्वाट्ट छिराउँछन् । विभिन्न आइटमा त यो देखियो ।” सूचना चुहाएका कारण कर बढेका ११ सय गाडी बजेट अघि आयत भएको भनी आलोचना भइरहेको छ । 

गाँजाको बीउ लिएर बसेको व्यापारी को हो ? 

धान फलाउने, आलु फलाउने, कृषि बढाउने गहुँ फलाउने, खाद्यान्नमा आतमनिर्भरता बढाउने कुरा नभइ गाँजा खेती बढाउने कुरा बजेटमा आएको भन्दै ओलीले आपत् िजनाए । यसका पछाडी केही रहस्य रहेको अध्यक्ष ओलीले दावी गरे । 

“कसैले गर्न खोजेको छ गाँगा खेती, अहिले मान्छे दृष्टिगोचर भएको छैन, तर कोही छ गाँजा खेती पछाडि”, ओलीले भने । उनले गाँजाको बीउ लिएर बसेको व्यापारी को हो ? भनी प्रश्न पनि गरे । सरकारले बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved