शिथिल अर्थतन्त्रलाई उकास्न लगानी बढाउन आवश्यक : अध्यक्ष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 02:11:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कोभिड पछि शिथिल रहेको अर्थतन्त्रलाई उकास्न लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा बुधबार आयोजित आगामी आर्थिक वर्ष २०८१/ ०८२को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले  मुलुकको उत्पादन र निर्माण क्षेत्र शिथिल रहेको चर्चा गर्दै लगानीको वातावरण तयार गर्नु सबैको दायित्व रहेको बताएका हुन् ।

उनले बजेटको आकार बढाउन नहुने भन्दै आर्थिक बृद्धि हासिल गर्नका लागि बजेटमा निजीक्षेत्रलाई समेट्न आवश्यक रहेकोमा जोड दिए । 

साथै उनले सम्भावित भएको क्षेत्रमा लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र उकास्नु सरकार र निजी क्षेत्र दुबैको उत्तिकै दायित्व पनि रहेको बताए ।

उनले मौद्रिक नीति र बजेटको तालमेल मिलाउनु सरकारले विशेष ध्यान दिनुपर्ने पनि बताए ।

यसैगरी, उनले सरकारले आगामी आवको नीति  तथा कार्यक्रममा प्रविधिबाट समृद्धि कार्यक्रमलाई समेटकोमा खुशी व्यक्त गर्दै यसले कृषि क्षेत्रको इकोसिस्टमा  सुधार ल्याउन  मद्धत गर्ने बताए ।

उनले निर्यात प्रबर्द्धन गर्ने खालका विशेष योजनाका विषयहरुलाई  आगामी बजेटमा समेट्न पनि ध्यानाकर्षण गराए ।

उनले नीति तथा कार्यक्रममा उल्लेख भएका विषयहरुमा आधारित रहेर बजेट ल्याउनु पर्ने र त्यसको कार्यान्वयन हुनुपर्ने पनि बताए । 

उनले नीति तथा कार्यक्रममा निजी क्षेत्रले दिएको कृषक लगानीको दशक, कन्ट्री रेटिङ जस्ता विषय समेटेकोमा धन्यवाद पनि ब्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved