सरकारले लगानीको क्षेत्रमा निजी क्षेत्रलाई डोर्‍याएर लैजानु पर्छ : पूर्व अर्थसचिव खनाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2024 | 04:42:13 PM मा प्रकाशित

laxmi sunrise bank

पूर्व अर्थसचिव रामेश्वर खनालले सरकारले लगानीको क्षेत्रमा निजी क्षेत्रलाई डोर्‍याएर लैजानु पर्ने बताएका छन् ।

शुक्रबार आयोजित प्रि- बजेट अन्तरक्रिया कार्यक्रमा उनले यस्तो  बताएका हुन्। उनले सरकार र निजी क्षेत्रले समानान्तर लगानी पनि  गर्न नहुने बताए ।  

सरकारले अगामी बजेटमा हाइड्रोपावर, पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए। मुुलुकको अर्थतन्त्रमा पर्यटनले ठूलो टेवा दिन सक्ने भन्दै उनले सरकारले  बजेटमा यो क्षेत्रलाई विशेष प्राथमिकता दिनु पर्ने बताए  ।

सडक पूर्वाधारमा आर्थिक रणनिती, ट्रान्समिसन लाइन र व्यापारका विषयमा पनि सरकारले बजेट ल्याउँदा दिनुपर्नेमा उनको जोड छ।

सरकारले निजी क्षेत्रलाई थप लगानी गर्न प्रोत्साहित गर्नुपर्ने उनले बताए ।

उनले खानी, वन स्रोत तथा बहुमूल्य जडीबुटीमा सरकारले नेतृत्व गर्दा निजी क्षेत्रले छोटो समयमै फड्को मार्न सक्ने र अर्थतन्त्रमा सुधार आउने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved