आर्थिक बर्षको बजेट पढ्न तयारी अवस्थामा रहेका अर्थमन्त्री बर्षमान पुनले पुर्व अर्थमन्त्री युवराज खतिवडाको बाटो पछ्याएका छन्। बजेट भाषणको क्रममा ब्रिफकेसमा बजेट लिएर जाने परम्परा तोड्दै अर्थमन्त्री पुनले युवराज खतिवडाको बाटो पछ्याएका हुन।
नेपालमा ब्रिफकेसमा बजेट लिएर जाने परम्परा तोड्दै पुर्व अर्थमन्त्री युबराज खतिवडाले जस्तै बर्षमान पुनले पनि ब्रिफकेशको साट्टो ढाकाको ब्यागमा बजेट बोकेर प्रधानमन्त्री कार्यालय पुगेका हुन। यसअघि पुर्व अर्थमन्त्री युवराज खतिवडाले पनि ब्रिफकेसमा बजेट लिएर जाने परम्परा तोड्दै छालाको झोलामा बजेट लिएर गएका थिए।
त्यो बेला अर्थमन्त्री रहेका खतिवडाले विदेशमा बनेको ब्रिफकेशको साट्टो नेपालमै बनेको छालाको ब्याज लैजानुमा कारण रहेको थियो। ब्रिटेनका तत्कालीन अर्थमन्त्री विलिअम ग्लाडस्टोनले सन् १९६० ताका बजेट पेस गर्न छालाको रातो रङ्गको विशेष झोला बनाउन लगाएका थिए। त्यसमा लामो बजेट वक्तव्य सबै नअटेपछि सन् १९९७ मा गोर्डन ब्राउनले ब्रिफकेसको प्रचलन सुरू गरेका थिए।
नेपालमा पनि त्यस्तै ब्रिफकेसको प्रयोग हुँदै आएकोमा खतिवडाले भने ग्लाडस्टोनकै जस्तो रातो झोलामा बजेट लिएर गएका थिए। नेपालमा अर्थमन्त्रीले ब्रिफकेसमा बजेट लैजाने गरेका कारण विगतमा यस्तो ब्रिफकेस खोसिँदा पनि बजेटसम्बन्धी संवेदनशील सूचना नचुहिएको कतिपयको तर्क छ।
आर्थिक वर्ष २०६७-६८ को बजेट भाषण गर्न संसद्को रोष्ट्रममा जाने क्रममा तात्कालिक अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस प्रतिपक्षमा रहेका माओवादी सांसदहरूले खोसेर तोडफोड गरेका थिए।
भारतमा भने सन् २०२१ यता विद्युतीय उपकरणबाट बजेट वाचन हुँदै आएको छ। निर्मला सीतारमणले भारतमा ट्याब्लेटबाटै पढ्न सुरु गरेकी छन्। तर बाँकी कुरा अनुसूचीमा राखिएको हुनाले उनीहरुको बजेट एकदमै छोटो हुन्छ।