आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको छ ।
संसदको संयुक्त बैठकमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न र आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन आगामी आर्थिक वर्षलाई आर्थिक सुधारकोे वर्ष घोषणा गरेको छु ।’
उनले मुलुकको अर्थतन्त्र सरकार निरन्तर प्रयास चलायनमान हुँदै गएको पनि बताए ।
उनले २०८१ देखि २०९१ सम्म कृषिमा लगानी दशक घोषणाा गरिएको पनि बताए ।
यसैगरी, कृषि उपजको धितोमा सहज कर्जा उपलब्ध गराइने भएको छ ।