निजी क्षेत्रले भनेजस्तै उधारो कानून तर्जुमा गर्न सरकार तयार भएको छ।
अर्थमन्त्री बर्षमान पुनले आज आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आगामी आर्थिक वर्षको बजेट मार्फत उधारो कानुन तर्जुमा गर्ने बताएका हुन ।
उधारोमा सामानको खरिदबिक्रीले विकराल रुप ल्याएपछि उद्योगीदेखि सामान्य खुद्रा बिक्रेतासम्म उधारो नउठेर तनावमा छन्। यसका लागि उधारो उठाउने कानुन’ चाहिन्छ भन्ने आवाज उठ्दै आएको थियो।