सहकारीको नियमन गर्न छुट्टै संस्था गठनको घोषणा, सहकारीको मर्जरलाई प्राथमिकता
सहकारीको नियमन गर्न छुट्टै संस्था गठन गरिने भएको छ। अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै सहकारीको नियमन गर्न छुट्टै संस्था गठनको घोषणा गरेका हुन्।
त्यस्तै सहकारीको मर्जरलाई प्राथमिकतामा राखिने समेत उनले बताएका छन्। त्यस्तै समस्याग्रस्त सहकारीका संचालकहरुलाई समेत कडा निगरानी राखिने उनले बताए।