निजगढ विमानस्थलको लगानी ढाँचा तयार गर्ने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 04:24:35 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

यसैगरी, उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने मन्त्री पुनले बजेटमार्फत घोषणा गरे । भरतपुर विमानस्थल आगामी आवभित्र सम्पन्न गर्ने गरिने भएको छ ।

यसका लागि ३६ करोड विनियोजन गरेको उनले बताए । सुर्खेत, रोल्पा बढीचौर, दाङ टरीगाउँ, जुम्ला, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने घोषणा पनि गरेका छन् । नागरिक उड्डयनतर्फ ३ अर्ब ७७ करोड विनियोजन भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved