सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रूपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले सामाजिमक सुरक्षा भत्ताका लागि उल्लेखित रकम विनियोजन गरेको हो । मंगलबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई प्राथमिकतामा राख्दै उल्लेखित रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।
अर्थमन्त्री पुनको बजेट भाषण जारी छ ।