सरकारले गृह मन्त्रालयतर्फ १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले गृह मन्त्रालयतर्फ उल्लेखित रकम विनियोजन गरेको हो । मंगलबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले क्षा मन्त्रालयका लागि ५९ अर्ब ८७ करोड विनियोजना गरेको छ ।
यसैगरी, उनले नुवाकोट कारागार सञ्चालनमा ल्याइने तथा सुरक्षाकर्मीमा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरिने पनि बताएका छन् ।
अर्थमन्त्री पुनको बजेट भाषण जारी छ ।