सरकारले सात वटै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्र विकास गर्ने घोषणा गरेको छ ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।‘कोशीलाई उद्योग, मधेश प्रदेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटनको आर्थिक हब बनाइने छ’, बजेटमा भनिएको छ ।
आर्थिक क्षेत्रका सम्भावित क्षेत्र समेटी एकीकृत विकासलाई नमूना विकास अभियान सञ्चालन गरिने उनले बताए । जसअनुसार भरतपुर, बुटवल, पोखरा र भरतपुरलाई तीन कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ ।
यसअन्तर्गत पर्ने नारायणगढ–बुटवल–मुग्लिङ पोखरा सडक खण्ड विस्तार आगामी आवभित्र पूरा गरिने छ ।