यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट [पूर्णपाठ]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 05:21:24 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले आगामी वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

जसअनुसार कुल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब  ६६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब  २८ करोड रुपैयाँअर्थात् १९.७४ प्रतिशत छ।

यो खर्च अनुमान चालू आवको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो। 


त्यस्तै राजस्वतर्फ १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ, आन्तरिक ऋणतर्फ ३ अर्ब ३० करोड रुपैयाँ, वैदेशिक ऋणतर्फ २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ५२ अर्ब ३३ करोड रुपैयाँ छ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ छुट्याइएको छ । वैदेशिक अनुदानतर्फ ५२ अर्ब ३३ करोड रुपैयाँ स्रोतको अनुमान छ ।  

चालू आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । अर्धवार्षिक समीक्षामार्फत त्यसमा सबा २ खर्ब घटाइएको थियो ।

पढ्नुहोस पूर्णपाठ :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved