राजस्वको लक्ष्यहरु सन्तुलित छन्, कार्यक्रमहरु कार्यान्वयन होस्: चेम्बर अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 06:55:52 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले आर्थिक वर्ष २०८१ / ८२ को बजेट फरक ढङगले आएको बताएका छन् । 

मंगलबार अर्थमन्त्री बर्षमान पुनले सार्वजनिक गरेको बजेटमाथि प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । 

राजस्वको लक्ष्यहरुलाई सन्तुलित हिसाबले राखिएको उनको धारणा छ । बजेटमा आएका कार्यक्रमहरु कार्यान्वयन पनि हुनुपर्नेमा पनि उनले जोड दिएका छन् । 

निजी क्षेत्रले प्रस्तुत गरेका सुझावहरुलाई बजेटले केही हदसम्म सम्बोधन गर्ने कोसिस गरेको अध्यक्ष अग्रवालको भनाइ छ । 

सरकारले आन्तरिक र वैदेशिक गरेर ५  खर्ब ४७ अर्ब ६६ करोड ऋण लिने भएको छ । ऋणमा आधारित बजेट नभएर वितरणमुखी बजेटलाई कम गरेमा आगामी बजेट उपयोगी हुने उनको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved