कच्चा पदार्थ आयातमा लाग्ने अग्रिम आयकर खारेज गर्न उद्योगीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2024 | 04:02:28 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल चामल तेल दाल उद्योग संघले मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुँमा लागेको २.५ प्रतिशत अग्रिम आयकर थेग्न नसक्ने हुँदा स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पर्ने बताएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि ल्याएको बजेटका समग्र पक्ष स्वागतयोग्य भए पनि गहुँबाट आँटा, सुजि, चक्की आँटा, चोकर जस्ता खाद्य वस्तु उत्पादन गर्ने उद्योगलाई अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने बताएको छ ।

कृषिमा आधारित मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकोेले मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर हटाउन पनि संघको सरकाको ध्यानाकर्षण गराएको छ । 

साथै संघले औद्योगिक प्रयोजनको लागि भारतबाट आयात हुने गहुँ र व्यापारीले आयात गर्ने तयारी मैदा दुबैको भन्सार महसु्ल र अग्रीम आयकर हेर्दा अब कच्चा वस्तुभन्दा तयारी वस्तु नेपालमा आयात गर्न सस्तो (गहुँको कर बढी र मैदाको कर कम ) हुने देखिन्छ । जसले गर्दा स्वदेशी मैदा उद्योग धाराशायाी हुने निश्चित भएको बताएको छ ।

कृषिमा आधारित मैदा उद्योगबाट उत्पादित मैदा तथा आंटा देशमा आत्मनिर्भर भएको खाद्य वस्तु हो भन्दै संघले कच्चा पदार्थ गहुँ र तयारी मैदा आयातमा समान कर लगाउँदा भोलिका दिनमा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठूलो लगानी जोखिममा पर्न जाने बताएको छ । साथै उसले ब्यापारिक प्रयोजनको लागि आयात गरिने गहुँ र मैदामा कर लगाउँदा राम्रो हुने तर स्वदेशी उद्योगले औद्योगिक प्रयोजनको लागि आयात गर्ने गहुँमा अग्रिम आयकर नलगाउन पनि भनेको छ ।

संघका गहुँमा अग्रिम आयकर लगााएको खण्डमा पर्ने असरहरु बारे निम्न बुँदाबाट प्रष्ट पार्न खोजेको छ ।

१. बिगत ५ वर्षदेखि देशमा आत्मनिर्भर भएको मैदा उद्योगमा भारी नोक्सानी भई उद्योग बन्द हुने । 

२. समायोजन नगरेको रकम (अग्रिम आयकर र बर्षको तिर्नु पर्ने आयकरको ब्यालेन्स रकम) अर्को बर्षको लागि अग्रेशन (carry forward) गर्न अनुमति दिएको छैन र हामी यसलाई खर्चको रुपमा पनि बुक गर्न सक्दैनौं । यसमा आयकरको ऐनको प्रावधान प्रष्ट छैन । 

३. अग्रिम आयकरको रकम जुनकी आयकरबाट असुल गर्न मिल्ने अवस्था छैन । त्यसमा पनि बिक्री गर्नु भन्दा पूर्व लागतको रुपमा अग्रिम आयकरलाई जोडन एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले यहाँ लागत बढी र बिक्री रकम घट्न आउँछ जुन कुनै हालतमा उपयुक्त देखिदैन । 

४. अतिरिक्त महसुलले मैदा/आँटाको मुल्य बढन गई आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसक्ने । 

५. मैदा/आँटा/चोकरको अबैध आयातलाई प्रोत्साहन मिल्छ र राज्यको राजस्वमा नकारात्मक असर पर्न जान्छ ।

६. अरबौको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर पर्छ । 

७. स्वदेशी मैदा उद्योग बन्द हुँदा आयातित मैदा/आँटा/चोकरमा भर पर्नुपर्ने र उपभोक्ताले गुणस्तरिय पिठो खानबाट बन्चित हुने । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved