आलु प्याज र स्याउमा भ्याट लगाउनुको कारणबारे अर्थमन्त्रीको जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2024 | 04:19:27 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री बर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षदेखि स्वदेशमा उत्पादित आलु,प्याज र स्याउमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) पूर्णरुपमा हटाएको बताएका छन् ।

प्रतिनिधि सभामा बुधबार बोल्दै अर्थमन्त्री पुनले भन्सार विन्दुमा विदेशी उत्पादनलाई मात्र भ्याट लगाउन प्रशासनिक रुपमा नमिल्ने हुनाले स्वदेशी आलु, प्याज र स्याउमा पनि भ्याट लागेकाले हटाएको बताए ।

‘गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफूलमा भ्याट लगाइकामा प्रशासनिक हिसाबले आयातमा मात्र भ्याट लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत भ्याट लागेकाले आन्तरिक उत्पादनलाई संरक्षण दिन भ्याट हटाई आयातमा अग्रिम आयकर लगाउने व्यवस्था गरिएको हो’, उनले भने ।

मन्त्री पुनका अनुसार अब विदेशबाट आयात हुने आलु, प्याज र स्याउमा भन्सार विन्दुमा १० प्रतिशत अग्रिम आयकर लाग्नेछ । स्वदेशी आलु, प्याज र स्याउमा भने कर लाग्ने छैन । यसले स्वदेशी उत्पादनलाई प्रोत्साहन नै पुग्ने उनको भनाइ छ ।

‘आयातीत आइटममा भन्सार विन्दुमा नै १० प्रतिशत अग्रिम आयकर लिएपछि यस्ता वस्तुहरु स्वतः महंगो हुन्छन र हाम्रो बजार संरक्षित हुन्छ’, अर्थमन्त्री पुनले भने ।अघिल्लो सरकारले चालू आवमा आलु, प्याज र स्याउमा लगाएको भ्याट आगामी आवमा हटाएपछि नेपाली कांग्रेसका केहि सांसदले भने विरोध गरेका थिए ।

‘आलु प्याजमा हामीले भ्याट हटाइदियौं भन्यौं, एभोकाडो किविलगायतमा भ्याट लागि रहेको छ । यसलाई अध्ययन नै नगरी कति सजिलो तरिकाले अर्थमन्त्रीले फेरिदिनुभयो’ सांसद गगन थापाले भने ।

साँसदहरुले चालू आवमा विदेशी आलु प्याज र स्याउमा मात्र भ्याट लगाइएको र त्यसबाट स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको दाबी गर्दै यसलाई हटाउँदा स्वदेशी उत्पादन निरुत्साहित हुने बताएका थिए । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved