७ वटै प्रदेशले सार्वजनिक गरे बजेट,कुन प्रदेशको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2024 | 06:49:18 AM मा प्रकाशित

laxmi sunrise bank

सात वटै प्रदेशले शनिबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् ।

जसअनुसार कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८१ ०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ ।कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा भन्दा करिब डेढ अर्ब रुपैयाँले बजेटको आकार घटाएको छ । 

चालूतर्फ १४ अर्ब ४७ करोड ३० लाख, पूँजीगततर्फ १४ अर्ब ४७ करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ  ।

त्यस्तै मधेश प्रदेशले आगामी आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ  । सरकारले चालूतर्फ १६ अर्ब ७ लाख र पूँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख विनियोजन गरेको छ । 

बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड छ ।

त्यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।आगामी आवको बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड र पूँजीगततर्फ १९ अर्ब ५१ करोड विनियोजन गरिएको छ । 

यसैगरी, लुम्बिनी सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । विनियोजन रकममध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै कर्णाली प्रदेशले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी वर्ष पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

.सुदूरपश्चिम प्रदेश सरकारले भने आगामी आवका लागि कुल ३१ अर्ब ६२ करोडको बजेट  ल्याएको छ । जसमा चालू खर्च ११ अर्ब ७ करोड,पूँजीगत खर्च,१७ अर्ब ५३ करोड,वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड विनियोजना गरिएको छ।

आम्दानी र अनुदान घट्दा खुम्चियो प्रदेश बजेट

आन्तरिक राजस्वमा कमी आएको, संघीय सरकारले अनुदान रकम घटाएको लगायत कारण देखाउँदै ५ वटा प्रदेशले बजेट घटाएका छन् तर वाग्मती र सुदूरपश्चिमले बढाएर बजेट विनियोजन गरेका छन् । सबै प्रदेशले पूर्वाधार,कृषि र रोजगारीाई प्राथमिकतामा राखेका छन् ।प्रत्येक पालिकामा सडक लैजानेदेखि कृषकलाईअनुदान दिने र ऋणको ब्याज तिरिदिनेसम्मका घोषणा बजेटमा समावेश गरेको देखिएको छ।

 गत जेठ १५ गते संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गरेका थिए।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved