प्रधानमन्त्री र सांसद बीच सवालजवाफ, ‘बजेट छलफल गरेरै ल्याइएको हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 02:00:41 PM मा प्रकाशित

laxmi sunrise bank

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा कुनै विभेद नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहालले बजेट सांसदहरुसँग छलफल गरेरै ल्याइएको र सबै क्षेत्रलाई समेटिएको समेत बताए । उनले ३ करोड रुपैयाँभन्दा कम रकम विनियोजन भएका आयोजनाहरु प्रदेश र  स्थानीय तहबाटै कार्यान्वयन हुने कुरा फेरि दोहोर्‍याएका छन् ।

बिहीबार प्रतिनिधिसभामा आयोजित सवालजवाफ बोल्दै प्रधानमन्त्री दाहालले साना आयोजनाहरु संघले नलिने र  स्थानीय तह वा प्रदेशलाई नै जिम्मा लगाउने बताएका छन् । 

साथै उनले निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न कुनै समस्या नभएको र क्रमश दिंदै जाने पनि बताए । सांसदहरुले सोधेका प्रश्नहरूको जवाफमा उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ भइरहेको उनले बताए ।

उनले अन्य मुलुकका अन्तरराष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग गरेको पनि बताए । सांसदहरुले विभिन्न विषयमा सोधेका प्रश्नको जवाफ प्रम दाहालले दिइरहेका छन् ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved