प्रतिनिधि सभाबाट बजेट पास गर्ने तयारी,अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2024 | 08:51:52 AM मा प्रकाशित

laxmi sunrise bank

प्रतिनिधि सभाको बैठक संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान ११ बजेदेखि बस्दैछ।

प्रतिनिधि सभाबाट बजेट पास गर्ने तयारी छ।बैठकको कार्यसूचीमा विनियोजन विधेयक- २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।त्यस्तै आर्थिक विधेयक-२०८१ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची  छ।

अर्थमन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। भन्सार महसुलसम्बन्धि विधेयक- २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

त्यसअघि आजै बजेटमाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि छ।राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षिय कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved