प्रतिनिधि सभाबाट बहुमतले पारित भयो बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2024 | 04:05:19 PM मा प्रकाशित

laxmi sunrise bank

 प्रतिनिधि सभाबाट विनियोजन विधेयक, २०८१ (बजेट) मंगलबार बहुमतले पारित भएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका छन् ।बहुमत सांसदहरुको समर्थनसँगै सभामुख देबराज घिमिरेले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका छन् ।

गत जेठ २९ गतेदेखि प्रतिनिधिसभमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल  भएको थियो ।

विनियोजन विधेयकमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अर्थमन्त्री पुनले विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

सरकारले आगामी आवको बजेटको कुल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४  प्रतिशत विनियोजन गरेको छ ।

चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved