बजेटमा सबै क्षेत्रलाई उच्च प्राथमिकता : अर्थमन्त्री पुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2024 | 03:13:46 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सबै क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताएका छन् । 

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले शीर्ष नेता वा मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको पनि बताएका छन् ।

अर्थमन्त्री पुनले आगामी आवका लागि विभिन्न पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचान गरी त्यसको कार्यान्वयनबाट बजेटले लिएका लक्ष्य हासिल हुने बताए ।

अर्थमन्त्री पुनका अनुसार आगामी आवका लागि कुल खर्च १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको छ । यो खर्च अनुमान चालू आवको विनियोजनको तुलनामा ६.२ प्रतिशतले मात्र बढी हो । चालू आव २०८०/८१ मा चालू खर्च ६५.२ प्रतिशत, पूँजीगत १७.२५ प्रतिशत र वित्तीय व्यवस्थामा १७.५५ प्रतिशत रहेकोमा आगामी आव चालू खर्च ६१.३१ प्रतिशत, पूँजीगततर्फ १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.७४ प्रतिशत प्रस्ताव गरिएको छ ।

‘सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्र वा मन्त्री नजिकका व्यक्तिका लागि मात्रै बढी बजेट छुट्याएको भन्ने सत्य होइन,’ अर्थमन्त्री पुनले भने, ‘सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्ने रहेको छ ।’

बजेट विनियोजन गर्दा आयोजना बैंकमा आबद्ध भएका, बहुवर्षीय स्रोत सहमति दिएका, आगामी आर्थिक वर्षमा सम्पन्न हुने, सृजित दायित्व भुक्तानी गर्नुपर्ने हुँदा सबै निर्वाचन क्षेत्रमा समान विनियोजन नभएको हुन सक्ने उनले बताए ।

सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रबाट परिचालन हुने लगानी समेतका कारण थप रोजगारीका अवसर सृजना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारीका अवसर सृजना गरी युवालाई आकर्षण गर्ने नीति बजेटले लिएको अर्थमन्त्री पुनले बताए ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved