अर्थ मन्त्रालयले चैत १५ गतेभित्र बजेटको कार्यक्रम पठाउन सम्बन्धित अन्य मन्त्रालय, आयोग तथा कार्यालय जस्ता सरकारी निकायलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०८२र८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन लागु जारी गर्दै मन्त्रालयले ८ बुँदाको मार्गदर्शनसहित उक्त निर्देशन दिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम मार्गदर्शन जारी गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पठाएको मार्गदर्शनमा बजेटको सीमा, नयाँ आयोजना तथा कार्यक्रम, वैदेशिक सहायता आयोजना, बहुवर्षीय र सिर्जित दायित्व व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजना, अन्तरसरकारी वित्तीय हस्तान्तरण, खर्चमा मितव्ययिता तथा बजेट तर्जुमाका मार्गदर्शक आधारको परिवर्तनका विषय रहेका छन् ।