रिलायन्स लाइफको कारोबार सुरु, ३ वटा बीमा योजना सार्वजनिक

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 17, 2017 | 12:06:30 PM मा प्रकाशित

laxmi  sunrise bank


रिलायन्स लाइफ इन्स्योरेन्स संचालनमा आएको छ। इन्स्योरेन्सले मङ्सिर १ देखि औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको हो। 

नयाँ बानेश्वरको कृष्ण टावरमा कर्पोरेट कार्यालय रहेको यस इन्स्योरेन्सले कारोबार संचालनमा आएको दिन नै ३ वटा बिमा योजना सार्वजनिक गरेको छ। कम्पनीले इन्डाउनमेन्ट एसुरेन्स विथ होल लाईफ प्लान, मनि ब्याक एसुरेन्स प्लान र इन्डाउनमेन्ट एसुरेन्स प्लान गरि ३ प्रकारका बीमा योजना सार्वजनिक गरेको हो। त्यस्तै तत्कालै थप चार बिमा योजना ल्याउने कार्यक्रममा जानकारी दिइएको छ।

बीमा समितिबाट कार्तिक २६ गते कारोबार अनुमति पाएको रिलायन्स इन्स्योरेन्सको अहिले १ अर्ब ४७ करोड चुक्ता पुंजी छ। कम्पनीले सर्वसाधारणका लागि ६३ करोडको सेयर जारि गर्न बाँकी नै छ। 

सर्वसाधारणमा साधारण जारि गरे पश्चात रिलायन्सको चुक्ता पुंजी २ अर्ब १० करोड पुग्नेछ। आफ्नो व्यवसाय बिस्तार गर्ने क्रममा कम्पनीले बिमा  समितिसंग २० वटा शाखा विस्तारको अनुमति माग गरेको छ।   

कम्पनीमा हाल १ सय १३ जना संस्थापक छन। कम्पनीको अध्यक्षमा ताराचन्द्र केडिया छन भने अन्य संचालकमा पवनकु्मार अग्रवाल,भरतकुमार तोडी र सुन्दरकुमार कंडेल छन। त्यस्तै कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कंडेल तथा महाप्रवन्धकमा एसके तमोट छन।   


       

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved