नेपाल लाइफ इन्स्योरेन्सको शाखा चन्द्रगढीमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 19, 2017 | 07:35:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले झापाको चन्द्रगढीमा शाखा विस्तार गरेको छ। बीमाको बजार विस्तार तथा गुणात्मक सेवा दिने उद्देश्यले शाखा कार्यालय संचालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए।

शाखाको बीमा समितिका निर्देशक श्रीमान कार्कीले उद्घाटन गरे। सो अवसरमा उनले कम्पनीले बैकिङ क्षेत्रसँग स्वस्थ रुपमा प्रतिस्पर्धा गर्न सफल हुँदै आएको उल्लेख गरे। यसले बीमा सेवाको विस्तार हुने विश्वास व्यक्त गरे।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत झाले बीमितको हितका लागि कम्पनीले कुनै पनि काममा कम्प्रोमाइज नगर्ने प्रतिबद्धता जनाए। कम्पनीले चालु आवको पहिलो तीन महिनामा ३ अर्ब ८० करोड बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीको नाफा तीन गुणाले बढेर १७ करोड ७५ लाख पुगेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved