हिमालयन जनरल ईन्स्योरेन्स २५ औ बर्षमा प्रवेश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2017 | 10:45:44 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड २५ औ बर्षमा प्रवेश गरेको छ ।  देशको अग्रणी नीर्जीवन बीमा कम्पनीहरु मध्ये एक हिमालयन जनरल ईन्स्योरेन्सले आगामी वर्षहरुमा सामाजिक सेवा क्षेत्रमा योगदान प्रदान गर्ने तथा भविष्यमा गरिने कार्य सम्वन्धि लक्ष्यहरु घोषणा गरेको छ ।

यस वर्षको प्रारम्भमा यस कम्पनी नेपालकै पहिलो एक अर्व रुपैंया पूंजीकृत निर्जीवन बीमा कम्पनी भएको छ ।

अध्यक्ष  महेन्द«कृष्ण श्रेष्ठले कम्पनीले रजत जयन्ती महोत्सव मनाउने क्रममा यहाँसम्म पूग्न सहयोग गर्ने  आफ्नो प्रारम्भिक समय देखि मार्गदर्शन गर्ने सवै अग्रजहरु साथै आफुलाई विश्वास गर्ने सम्पूर्ण ग्राहक महानुभावहरुमा कृतज्ञता ज्ञापन गरे   । उनले आउँदो वर्षहरुमा अझै बढी योगदान दिने बताउदै भने 'विगत २४ वर्षको व्यवसायिक यात्रामा हामीले उत्पे्ररित, दक्ष तथा कुशल कर्मचारीहरुको साथ पाउंदा धेरै उपलब्धि हासिल गर्न सकेकाछौं भन्ने कुराको प्रत्यक्ष अनुभव गरेकाछौँ । यस अनुभवको कारण हामी आउँदो वर्षहरुमा यी क्षेत्रमा चिरस्थायी र अझ महत्वपूर्ण योगदान गर्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं । '

प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले आगामी दिनहरुमा यस कम्पनीले सेवा प्रदान गर्न सक्ने व्यवसायिक तथा संस्थागत सामाजिक दायित्व निर्वाह गर्नकालागि उत्सुक रहेको बताए । उनले भने 'यस कम्पनीले आफ्नो प्रगती तथा आफूले प्रदान गर्ने सेवाहरुको लागि दीर्घकालिन लक्ष्य लिएको छ । हिमालयन जनरल ईन्स्योरेन्सले आउने दिनहरुमा भरपर्दो बीमा व्यवशाय र बीमाको क्षेत्रमा प्रविधि र सामाजिक कल्याणलाई एकसाथ ल्याउने अग्रगामी प्रयासलाई निरन्तरता दिईरहने छ ।'

सामाजिक क्षेत्रका सुरक्षा, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षण, तथा सामाजिक दायित्व जस्ता तीन मूलभत प्रभावकारी क्षेत्रहरुमा महत्वपूर्ण र निरन्तर योगदान पु¥याउन नेतृत्वदायी कार्य गर्ने यस हिमालयन जनरल ईन्स्योरेन्सको प्रतिबद्धता माथि पनि उनले प्रकाश पारे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved