
 2mb (1).gif)
ज्योति लाइफ इन्स्योरेन्स र एनएमबि बैंकबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन।
नेपालको १२ औ जीवन वीमा कम्पनीको रुपमा संचालनमा आएको ज्योति लाइफले आफ्ना २३ वटा शाखा कार्यालय मार्फत जीवन वीमा सेवा प्रदान गर्दै आएको छ।
सम्झौता अनुसार एनएमबि बैंकका देशभरका ९० भन्दा बढी शाखा कार्यालय मार्फत ज्योति लाइफको जीवन वीमा योजनामा सहभागी हुन सक्नेछन।
ज्योति लाइफको जीवन वीमा योजनामा सहभागी हुन वा जीवन बीमालेख खरिद गर्न ज्योति लाइफको कार्यालयको साथसाथै एनएमबि बैंकका ९० वटै शाखा मार्फत समेत यो सेवा उपलब्ध हुनेछ।
जीवन यापनका क्रममा आइपर्न सक्ने दुर्घटना, अशक्तता, घातक रोग, असामयिक मृत्युको कारण परिवारजनमा पर्ने कठिनाइलाई सहज गराउन तथा भविष्यका लागि बचत तथा अवकास कोषको रुपमा समेत जीवन वीमाबाट लाभ लिन सक्ने भएकोले यो साझेदारीबाट वीमाको साक्षरता तथा पहुँच अभिवृद्धी गर्नमा अझ टेवा पुग्नेमा ज्योती लाइफको बिश्वास छ।