एशियन लाईफको नयाँ योजना: दैनिक १ रुपियाँ भन्दा कम बचत गरेर डेढ लाख बढीको बिमा सुरक्षा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 01:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सुविधाबाट लाभान्वित हुन चाहने न्यून आय भएका आम नागरिक समक्ष उनीहरुको आय स्तर सुहाउँदो जीवन बीमा योजना “जन कल्याण”(म्यादी जीवन बिमा योजना) सार्बजनिक गरेको छ । कमजोर आर्थिक अवस्थाको कारण नेपालमा अझै पनि जनसंख्याको ठूलो हिस्सा जीवन बीमाको पहुँच बाहिर रहेको तथ्यलाई मनन गर्दै आज बिहिबार बाट उक्त नयाँ योजना सार्बजनिक गरेको हो  ।

यस योजनाले सर्वसाधारणमा न्यून बचतबाट पनि बीमा गरेर आफू र आफ्नो परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । यस योजना अन्तर्गत १६ वर्षको बीमितले दैनिक रु. १ भन्दा पनि कम बचत गरेर अर्थात् वार्षिक रु. २२३।– भुक्तान गरी रु. १ लाख ५० हजार सम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सकिनेछ ।

यस योजनाका मुख्य विशेषताहरु ः

बिमाङ्क ः रु. १,५०,०००।–

प्रवेश उमेर ः न्यूनतम १६ वर्ष÷अधिकतम ६४ वर्षसम्म

अधिकतम बीमा समाप्ती उमेर ः ६९ वर्ष

बिमा शुल्क भुक्तानी अवधी ः नियमित बीमाशुल्क भुक्तानीमा ५ देखि १५ वर्ष तथा

  एकल बीमाशुल्क भुक्तानीमा १ देखि १५ वर्षसम्म ।

बीमाशुल्क भुक्तानी गर्ने तरिका ः एकल÷त्रैमासिक, अद्र्ध वार्षिक वा वार्षिक 

 -बीमा अवधीभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याएको व्यक्तिलाई क्षतिपूर्तीवापत रु १,५०,०००।– र दाह संस्कार खर्च वापत रु. १०,०००।– प्रदान गरिने।

-दुर्घटनामा परी बीमित पूर्ण अशक्त वा अंगभंग भएमा तोकिएको रकम क्षतिपूर्ती स्वरुप प्रदान गरिने ।

-नियमित तथा एकल बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सकिने ।

-ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभ ADB को व्यवस्था रहेको छ ।


यसअघि एशियन लाईफ इन्स्योरेन्स कं. लि. ले १६ वटा जीवन बिमा योजनाहरु प्रचलनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट ग्राहकलाई बीमा सेवा पु¥याउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved