गुँरास लाइफद्धारा सेनको परिवारलाई बीमा दाबी भुक्तानी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 01:34:20 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका शुक्रबहादुर सेनको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ। हृदयघातको कारण मृत्यु भएका सेनका परिवारलाई बिमा दाबी बापतको पांच लाख पचास हजार भुक्तानी गरिएको इन्स्योरेन्सले जनाएको छ।    

शुक्रबार एक कार्यक्रम मार्फत कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले सेनकी श्रीमती सपना शाही मल्ललाई उक्त रकम हस्तान्तरण गरेका हुन। 

लमजुङ राइनस वडा नं. २ घर भएका मृतक शुक्रबहादुर सेनले गुराँस लाइफ इन्स्योरेन्समा म्यादी जीवन बीमा गराएका थिए। बैदेशिक रोजगारीमा जानु पुर्व बीमा गराएकै कारण मृतकका परिवारले उक्त रकम पाएका हुन। यसले परिवारका सदस्यलाई केहि भएपनि आर्थिक सहयोग पुगेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved