
 2mb (1).gif)
बैदेशिक रोजगारीका क्रममा निधन भएका आफ्नो ग्राहकको परिवारलाई गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ लाख रुपियाँ दाबी भुक्तानी प्रदान गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला खानीखोलागाउँपालिका वडा नं. १ घर भएका सुमन तामाङ्ग थिङ्गको बैदेशिक रोजगारीका क्रममा निधन भएको थियो । तामाङ्गले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए ।
आइतबार एक कार्यक्रम मार्फत उक्त बीमा दावी भूक्तानी रु. १३,००,०००।–कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले तामाङ्गका पिता सन्तवीर तामाङ्ग थिङ्गको चेकउनका अर्को छोरा धनबहादुर थिङ्गलाई हस्तान्तरण गरेका हुन् ।