सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 07:42:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो शाखा बिस्तार गर्ने क्रममा बुटवलमा क्षेत्री कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ। 

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठबाट संयुक्त रुपमाशाखाहरुको उद्घाटन भएको हो।  उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

हाल कम्पनीले अधिराज्यभर ३४ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ। 

कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकबर्गलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved