नेपाल पुनर्बीमा कम्पनी भारतीय बीमा बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 02:12:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले भारतीय बीमा कम्पनीहरुबाट पुनर्बीमा गर्ने इजाजत प्राप्त गरेको छ । २०७१ साल कार्तिक २१ मा आकस्मिक बीमा कोषबाट नेपाल पुनर्बीमा कम्पनीमा परिणत भएर सेवा प्रदान गर्दै आएको कम्पनीले भारतबाट पनि पुनर्बीमा गर्ने इजाजत प्राप्त गरेको हो । 

भारतीय बीमा विनियामक और विकाश प्राधिकरणको कानूनी प्रावधान अनुसार सबै प्रक्रिया पूरा गरेपछि मात्रै पुनर्बीमा गर्न सक्ने व्यवस्था रहेको छ । भारतीय बीमा कम्पनीहरुको पुनर्बीमा गराउनु पर्दा अन्तराष्ट्रिय रेटिङ्गएजेन्सी S&P वा A.M Best  वाट मान्यता प्राप्त न्यूनतम B+ स्तर हासिल गरेको पुर्नबीमा कम्पनी वा भारतीय बीमा विनियामक और विकाश प्राधिकरणले तोकेको मापदण्ड (आर्थिक लेखाजोखा, चुक्तापुँजी, जारीपुँजी, लगानीको स्थिति, दायित्व वहन गर्न सक्ने क्षमता, दाबी भुत्तानी प्रकृया, जोखिमाङ्कन गर्ने क्षमता आदि) पूरा गरेको पुनर्बीमा कम्पनीहरुले Cross Broder Reinsurers को प्रकृया पुरा गरी स्वीकृति प्राप्त भएपछि मात्र पुनर्बीमा गर्न सक्ने छन ।

नेपाल पुनर्बीमा कम्पनी भारतीय बीमा विनियामक और विकाश प्राधिकरण (IRDAI) ले तोकिएको मापदण्ड पुरा गरी Cross Broder Reinsurers (CBR) को रुपमा स्वीकृति भै, FRNNO.IRDAI÷CBR÷2018÷1001 परिचयात्मक संख्याप्राप्त भै, भारतीय बीमा कम्पनीहरुको पुनर्बीमा कम्पनी योग्य रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले भारतीय बीमा कम्पनीको पुनर्बीमा गर्न योग्य ठानी स्वीकृति पाउनु नेपाली बीमा बजार, नेपाल पुन र्बीमा कम्पनीको लागि गौरवको विषय हो । 

भारतीय बीमा कम्पनीहरुको अप्रिल १ देखि सुरु हुने पुनर्बीमा नविकरणमा यस कम्पनी समेत सहभागी हुनछे । यसबाट नेपाल पुनर्बीमा कम्पनीले  बार्षिक पचास करोड देखि एक अरबसम्म पुनर्बीमा शुल्क स्वदेश भित्र्याउन सक्नेछ । हाल यस कम्पनीले अन्तर्राष्ट्रिय बीमा बजारमा संयुक्त अरब इमरेटस् (दुवइ), बहराइन, कुवेत माल्दीभस्, श्रीलंका, बंगलादेश, भुटान , भेतनाम, कम्बोडिया, अफ्रिकी मुलुकहरु दक्षिण कोरिया, पपुवान्युगिनी आदि २० भन्दाबढी देशहरुको ४० भन्दा बढी बीमा÷पुनर्बीमा कम्पनीसँग व्यवसायगर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved