मौरीको विमा गर्दै आईएमइ इन्स्योरेन्स

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 04:27:14 PM मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेडबीच मौरीको विमा गर्ने सम्झौता भएको छ । संघमा आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले हस्ताक्षर गरे । 

सम्झौता भएपछि मौरीपालन संघमा आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुने भएको छ । इन्स्योरेन्सका नायव महाप्रबन्धक रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएपनि मौरीपालक कृषकहरुले आफना मौरीहरुको बीमा नगराएको बेलामा थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफना मौरीको बीमा गरीे व्यावसायलाई विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved