सानिमा इन्स्योरेन्सको डढेलधुराको अमरगढी नगरपालिकामा शाखा संचालन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 11, 2018 | 10:24:31 PM मा प्रकाशित

सानिमा लाइफ इन्स्योरेन्सले डढेलधुराको अमरगढी नगरपालिकामा शाखा कार्यालय संचालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन कम्पनिका मुख्य प्रबन्धक गणेश चौलागाई र वरिष्ट प्रबन्धक गुणराज श्रेष्ठको उपस्थितीमा संचालक घनश्याम थापाबाट भएको हो।

त्यस्तै सानिमा इन्सोरेन्सले चैत २७ गते र २८ गते केैेलालीको टिकापुरमा र धनगढीमा शाखा कार्यालय संचालनमा ल्याएको छ। कैलाली टिकापुर र धनगढी शाखा कार्यालयको उद्घाटन संचालक घनश्याम थापा, सद्भावना दुत कलाकार जीतु नेपालबाट ,मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायत स्थानिय प्रतिष्ठित व्यक्तिहरको उपस्तिथीमा भएको हो। 

आफ्नो व्यवसायिक लक्ष्य प्राप्ती र जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले सो क्षेत्रमा शाखा संचालनमा ल्याइएको सानिमा इन्स्योरेन्सले जनाएको छ। 

यस अवधिका सानिमाको अधिकृत पुँजी ३ अर्ब छ भने चुक्ता पुंजी १ अर्ब ४० करोड छ। कम्पनिले निकट भविष्यमा सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरि चुक्ता पुँजी २ अर्ब पुर्याउने कम्पनिले जनाएको छ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved