अन्जन भण्डारी उत्कृष्ट अभिकर्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 16, 2018 | 02:16:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्जन भण्डारी यो वर्षको उत्कृष्ट अभिकर्ता बनेका छन् । लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताको रुपमा काम गर्दै आएका भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् । एलआईसीको विश्वभर भएको २१ वटा शाखाहरुमध्ये सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेको पहिलो नम्बरमा उनी परेका हुन् । कम्पनीले उच्चतम बीमा शुल्क आर्जन गरेको भन्दै उत्कृष्ट अभिकर्ता भएको जनाएको छ । 

उनले हालसम्म ६० देशको भ्रमण गरेका छन् । मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए । उनले हाल सिन्धुपाल्चोकमा रहेको श्री आनन्द उच्च मा.वि.का ६ जना विद्यार्थीहरुलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved