
 2mb (1).gif)
सानिमा लाईफ इन्स्योरेन्स लि. र माछापुछ्रे बैंक लि. बीच बैक्यास्योरेन्स संझौता भएको छ । मंगलबार इन्स्योरेन्स नायव महाप्रवन्धक केशब राज के.सी र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार ग्राहकले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन् ।
सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । आगामी दिनमा जारी पूँजीको ३०५ अर्थात ६० करोड सर्वसाधारणमा शेयर बिक्री गरी चुक्तापुँजी २ अर्ब कायम गर्ने कम्पनीले जनाएको छ ।