जनरल इन्स्योरेन्सको कारोबार सुरु, ३० करोडको आईपिओ आउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 20, 2018 | 04:00:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बिमा बजारमा आफ्नो उपस्थिति जनाएको छ  ।  कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृति प्राप्त गरे पश्चात् आज असार ६ गतेबाट औपचारिक कारोबार शुभारम्भ गरेको हो  । कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारमा रहेको छ भने कम्पनीका अध्यक्ष कुनाल क्याल रहेका छन्  । 

 कम्पनीको कूल चुक्ता पुँजी मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने यस कम्पनिको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको संस्थापकमा नेपालको वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थातथा व्यापारिक घराना समेत रहेका छन्। कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर समेत जारी गर्ने योजना रहेको जनाएको छ ।

  कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोट रहेका छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved