प्रिमियम संकलनमा शिखर इन्स्योरेन्सको किर्तिमान, बजार हिस्सामा पनि अग्र स्थानमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 25, 2018 | 07:24:19 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्सले एकै आर्थिक बर्षमा तीन अर्ब भन्दा बढी प्रिमियम संकलन गरेर इन्स्योरेन्स क्षेत्रमै ऐतिहासिक रेकर्ड कायम गरेको छ। इन्स्योरेन्स क्षेत्रकै अहिलेसम्मको इतिहासमा एकै आर्थिक बर्षमा ३ अर्ब भन्दा बढी प्रिमियम संकल गर्नेमा शिखर इन्स्योरेन्स पहिलो हो। 

एकै आर्थिक बर्षमा ३ अर्ब २ करोड प्रिमियम संकलन गरेको शिखरको यो हिस्सा कुल प्रिमियम संकलनको १६ प्रतिशत हो। यससंगै बढी प्रिमियम संकलन गर्नेमा १७ निर्जिबन बिमा कम्पनी मध्येमा शिखर इन्स्योरेन्स पहिलो बनेको छ। 

निर्जिबन बिमा कम्पनीहरु मध्येकै सबैभन्दा बढी शाखा कार्यालय रहेको शिखर इन्स्योरेन्सले ६८ भन्दा बढी शाखा कार्यालय मार्फत आफ्ना ३ लाख भन्दा बढी ग्राहकहरुलाई बिमा सेवा प्रदान गर्दै आएको छ। 

आफुहरुसंग हाल तीन लाख भन्दा बढी सन्तुष्ट ग्राहक रहेको बताउदै शिखर इन्स्योरेन्सका सिनियर म्यानेजर तथा कम्पनी सचिब सुरज राजबाहकले कम्पनीले आगामी दिनमा उत्कृष्ट प्रगति गर्ने बताए।  

निजि क्षेत्रका निर्जिबन बिमा कम्पनी मध्येमा बढी नेटवर्थ भएको शिखर इन्स्योरेन्स खुद मुनाफा र मानब संसाधनमा समेत अगाडी रहेको छ। चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा शिखर इन्स्योरेन्सले ३१ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved